Logo

आज ११४ अंकले नेप्से घट्दा ८ अर्बको कारोबार



काठमाडौं, ४ असोज । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा भारी अंकले गिरावट आएको छ । आज (सोमबार) ११४ दशमलव २ अंकले घटेर नेप्से सुचक २६ सय ९८ दशमलव २४ विन्दुमा थामिएको छ ।

यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि आज १९ दशमलव ५१ अंकले घटेर ५०६ दशमलव २७ विन्दुमा रोकिएको हो । नेप्सेको अनुसार आज २२५ कम्पनीको १ लाख ७ हजार ५ सय ९६ पटक कारोबार भएर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँ बराबरको १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता शेयर किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्