Logo

नेप्सेमा उच्च अंकको गिरावट आएपनि यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, ४ असोज । नेप्सेमा आज भारी अंकले गिरावट आएपनि केही कम्पनीको भने कारोबार सर्वाधिक भएको छ । सबैभन्दा धेरै आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार धेरै भएको हो । कम्पनीको आज ४० करोड ६५ लाख बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरी लिमिटेडको आज २२ करोड ५५ लाख बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज नबिल बैंकको १८ करोड ४४ लाख बढीको कारोबार भएको छ ।

आज २२५ कम्पनीको १ लाख ७ हजार ५ सय ९६ पटक कारोबार भएर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँ बराबरको १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता शेयर किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्