Logo

मानपदवी दिँदा उपयुक्त व्यक्तिहरुलाई दिईएको भन्दै गृहमन्त्री खाँणको प्रशंसा



काठमाडौं, ४ असोज । संविधान दिवसको अवसरमा हिजो विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका ९ सय ३ जनालाई सरकारे मानपदवी र विभुषण प्रदान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले यसपटक सबै क्षेत्रका व्यक्तित्वहरुलाई समेटेर मानपदवी र विभुषण प्रदान गरेको भन्दै उनको भूमिकाको अहिले प्रशंसा भैरहेको छ । यद्धपी कतिपयले भने मानपदवी दिँदा राजनीतिक गन्ध आएको भन्दै आलोचनासमेत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रदान गर्ने उक्त मानपदवीमध्ये सबैभन्दा ठूलो मानपदवीको रुपमा रहेको नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता स्वंर्गीयकृष्णप्रदास भट्टराईलाई प्रदान गरिने भएको छ । त्यस्तै, दोस्रो ठूलो मानपदवीको रुपमा रहेको राष्ट्र गौरव पदवीबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्वर्गीय सुवर्ण शमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने छ ।

यसैगरी, महाउज्ज्वल राष्ट्रदीप पदवीबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सम्मानित गरिनेछ । यस्तै, लोक गायिका विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको छ । यस्तै, अन्य ठूला पदक पाउनेमा स्व। मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् ।

यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ । कला, साहित्य, खेलकुद, राजनीतिलगायत सबै विद्यालाई समेटेर मन्त्री खाँणले पदक दिएका छन् । यसपटक सबै क्षेत्रलाई समेटेको, र राम्रो र योग्य व्यक्तित्वहरुले पदक पाएको पनि चर्चा भैरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot