काठमाडौं, ४ असोज । रोहिंग्या शरणार्थी ओसार्नेका मुख्य नाइके बल्ल पक्राउ परेका छन् । उनीहरुले नेपाल हुँदै अमेरिका जान पाइने भन्दै रोहिंग्या शरणार्थीलाई ल्याउने गरेका छन् ।
अमेरिका जान परिचय पत्र पाइने, मासिक भत्ता पनि राम्रो पाइने भन्दै प्रलोभनमा पारी ल्याउने गरेको खुलेको हो । यसरी रोहिंग्यालाई काठमाडौंमा थुपार्नेमा म्यानमा घर भई पनको राममन्दिरको शरणार्थी शिविरमा बस्दै आएका सोफिक आलम र नोरुल अमिन छन् ।
दुवैले रोहिंग्यालाई नेपाल ल्याउन प्रति व्यक्ति साँढे दुई लाख बँगलादेशी टाका लिने गरेको खुलेको हो । ललाई फकाई रोहिंग्यालाई ल्याउँदै कपनमा शरणार्थीले भर्नेहरुको गिरोहमा उनीहरु समेत रहेको पत्ता लागेको हो ।
कपडा बेच्दै हिंडने देखाएका दुवैको वास्तविक काम मानव तस्कर रहेको प्रहरीले जनाएको छ ।-File Photo