Logo

जलेर घाइते भएका दम्पत्तिको मृत्यु, छोराको अवस्था सामान्य बन्दै



काठमाडौं, असोज ५ । खाना पकाउँने ग्यास सिलिण्डर फेरबदल गर्ने क्रममा आगलागी हुँदा जलेर घाइते भएका दम्पत्तिको मृत्यु भएको छ।

झापाको अर्जुनधारा वडा नम्बर ७ का पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको उपचारका क्रममा गएराती काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो। आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य बन्दै गएको छ।

भदौ २६ गते साँझ ग्यास लिक हुँदा खनालको घरमा आगलागी भएको थियो। घटनामा परिवारका चारजना घाइते भएका थिए।

घरमुली मंगलादेवी सामान्य घाइते थिइन् । गम्भीर अवस्थाका तीन जनालाई भने उपचारका लागि काठमाडौं ल्याईएको थियो ।



प्रतिक्रिया दिनुहोस्