Logo

मेयरलाई मुक्का हान्ने युवकको एमालेद्वारा बचाउ, मुद्दा नचलाउने



काठमाडौं, असोज ५ । नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले बुटवलले घटना दुखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा नरहेको प्रष्ट पारेको छ ।

पहिरो निरीक्षणका लागि बुटवल–३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पङ्गेनीले मुक्का प्रहार गरेका थिए।

विद्यार्थी राजनीति गर्दै आएका उनले स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले भन्दै मुक्का हानेको बताएका छन् । सुरुमा प्रहरीले पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ गरेको थिएन् । तर, देशभरका संञ्चार माध्ययममा उक्त खवरले प्राथमिक्ता पाएपछि साँझ ७ बजे प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका पंगेनीलाई हाल इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। पंगेनीलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्