
काठमाडौं, ५ असोज । आज शेयर बजार उकालो लागेको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा आज १३ दशमलव ८३ अंकको बृद्धि भई २७ सय १२ दशमलव ७ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ३६ अंकले बढेर ५०८ दशमलव ६२ विन्दु कायम भएको छ ।
नेप्सेको अनुसार २२३ कम्पनीको ९५ हजार ६ सय ४६ पटक कारोबार भएर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ शेयर किनबेच भएको हो ।