Logo

नारायण खड्का परराष्ट्रमन्त्री पक्का, उपेन्द्र यादवलाई धक्का



काठमाडौं, ६ असोज । नेपाली काँग्रेसले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने पक्का गरेको छ । उनको नियुक्ति भई सपथ पनि आज या भोलिभित्र हुने तय भइसकेको छ ।

खड्का परराष्ट्रमन्त्री बनाइएर राष्ट्रसंघको महासभामा भाग लिन जानेछन् । त्यसका लागि पनि उनको नियुक्ति हुन लागेको हो ।

जनता समाजवादी पार्टीले परराष्ट्रमन्त्री दाबी गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएनन् । उपेन्द्र यादवले परराष्ट्रमन्त्रीको दाबी गरेका थिए । उनलाई नदिने निश्चित भएको छ ।

परराष्ट्रमन्त्रीसहित उपप्रधानमन्त्री बन्ने प्रयासमा लागेका यादव रोकिने भएका छन् । यसले उनलाई धक्का परेको छ ।

डा खड्का विगतमा देउवा इतर समूहमा थिए । पछिल्लो समय उनी देउवासँग नजिकिएका थिए । पूर्वी क्षेत्रमा पकड बलियो बनाउन पनि देउवाले खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेका हुन् । यसअघि पूर्वबाट प्रतिनिधित्व गर्ने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बनाइएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot