Logo

इच्छाले ब्याजदर बढाएका बैंकहरुलाई संसोधन गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं, ६ असोज । आफ्नै इच्छाले नियम विपरित ब्याजदर बढाएका बैंक वित्तिय संस्थाहरुलाई संसोधन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले एकिकृत निर्देशन नम्बर १५ को विरुद्ध ब्याज बढाएर मन परी गरेको भन्दै राष्ट्र बैंकले संशोधन गर्न निर्देशन दिएको हो ।

बैकहरुले आफैले पनि आन्तरिक रुपमा मुल्यांकन गर्नुपर्ने हुन्छ । ० दशमलव ५ प्रतिशतसम्म थप गर्न सक्ने व्यवस्था गरेको हुनाले धेरै बैंकहरुले यसैलाई आधार बनाएर ब्याजदर बढाएका हुन् ।

नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन नम्बर १५ मा बैंक वित्तीय संस्थाले कसरी कहिले कुन आधारमा व्याजदर प्रकाशन गर्ने कुरा प्रष्ट भाषामा लेखिएको छ । आगामी महिनामा लागु हुने व्याजदर अघिल्लो मसान्त भित्र प्रकाशित गरिसक्नु पर्नेछ भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot