
सर्लाही, ६ असोज । घरमा लुकाईराखेको गाजाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हरिवन नगरपालिका १० ब्रहमटोल बस्ने ५३ वर्षीय कुलदास घिसिङ करिब १२ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ पक्राउ परेका हुन् ।
उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा कोठामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।