काठमाडौं, ६ असोज । नेप्से आज १०४ अंकले बढ्दा ६ अर्बमा कारोबार सिमित भएको छ । आज १३ कम्पनीको लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् ।
वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
लाइबेट्री इनर्जीको आज १० प्रतिशतले शेयरमुल्य बढेको छ । सिन्धु कम्पनीको पनि आज १० प्रतिशतले शेयरमुल्य बृद्धि भएको हो ।