Logo

परराष्ट्र मन्त्रीलाई भारत र चीनको बधाई



काठमाडौं, असोज ७ । बुधबार परराष्ट्र मन्त्रीमा नियुक्त भएका नारायण खड्कालाई भारत र चीन सरकारले बधाई दिएका छन्।

भारतीय समकक्षी एस जयशंकरले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिदै खड्कासंग मिलेर काम गर्न आतुर रहेको बताएका छन् ।

‘नेपालको परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा माननीय डाक्टर नारायण खड्कालाई बधाई,’ जयशंकरले लेखेका छन्,‘म उहाँसँग काम गर्न प्रतीक्षारत छु।’

संयुक्त राष्ट्र संघको ७६औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना देखिएको छ। लिने सिलसिलामा भारतका विदेशमन्त्री न्युयोर्कमा छन् भने परराष्ट्र मन्त्री खड्का आज अपराह्न न्युयोर्क पुग्दै छन्।

त्यस्तै, काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र मन्त्रालयको ट्वीट रिट्वीट गर्दै उनलाई बधाई दिएकी हुन्। उनले खड्काले पदभार ग्रहण गर्दै गरेको तस्बिरसहितको ट्वीट रिट्वीट गरेकी छन् । उनलेपनि मन्त्री खड्कालाई बधाई दिदै नेपाल–चीन सम्बन्ध र सहयोग बढाउन प्रतीक्षारत रहेको ट्वीटमा उल्लेख गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्