काठमाडौं, ७ असोज । सिटिजन्स बैंकले तनहुँ बन्दिपुरस्थित बन्दिपुर माउन्टेन रिसोर्टसँग सहकार्य गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापछि सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा कर्मचारीहरुले बन्दिपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउने बैंकले जनाएको छ ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्डको लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ ।
मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकले १८३ वटा शाखा, ११७ वटा एटि।एम। र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।