Logo

नेविकोको उत्पादन पुनः सुरु



काठमाडौं, ७ असोज । बिस्कुट, कुकिज, कन्फेक्सनरिज र ब्रेकफास्टजस्ता चारवटा युनिटबाट सेवा दिँदै आएको नेबिको प्रालिले आफ्नो उत्पादन पुनः सुरु गरेको छ। साउनमा भएको आगलागीबाट केही समय बन्द रहेको उत्पादन पुनः सुरु भएको कम्पनीले जनाएको छ।

आगलागीको घटनामा कुनै मानवीय क्षति नभई भौतिक क्षति मात्रै व्यहोरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। आगलागीको करिब ४४ दिनपछि ६० देखि ७० प्रतिशत उत्पादन हुन थालेको समेत कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अबको केही महिनामै पहिलेको अवस्थामा उत्पादन सुरु हुनेछ। साथै केही दिनमै आफ्ना उत्पादन बजारमा उपलब्ध हुने समेत कम्पनीले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्