Logo

नेकपा (एकीकृत समाजवादी) ले टुँग्यायो पदाधिकारीको नाम, रामकुमारी झाँक्री सचिव चयन



काठमाडौं, ७ असोज । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीको नाम टुँगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको नाम सहमतिमा टुँगो लगाएको हो । डा. वेदुराम भुषाल महासचिव बनेका छन् ।

त्यस्तै, राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्ष चयन भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्।

जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री चार जना सचिव भएका छन्। अहिले केही बेरमा बस्ने केन्द्रीय कमिटीले पदाधिकारीको नाम अनुमोदन गर्ने एक नेताले जानकारी दिए । file photo

 



प्रतिक्रिया दिनुहोस्