काठमाडौं, ७ असोज । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् अवरुद्ध गरिएकोमा आक्रोश पोखेका छन् । उनले लोकतन्त्रको हुर्मत लिँदा इतिहासको कठघरामा सबै नाँगै उभिनेपनि टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘निर्वाचित प्रतिनिधिसभा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो हुनुपर्नेमा दलीय/गुटीय/निजी अहम् र कुण्ठा पोख्ने थलो हुनु दु:खद छ।झन् हिजोका क्रान्ति र आन्दोलनका सहयात्रीहरूबाटै यसको हुर्मत लिइनु विडम्वनापूर्ण छ।नभुलौं-ळोकतन्त्रको हुर्मत लिंदा इतिहासको कठघरामा हामी सबै नांगै उभिनेछौं !”
निर्वाचित प्रतिनिधिसभा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो हुनुपर्नेमा दलीय/गुटीय/निजी अहम् र कुण्ठा पोख्ने थलो हुनु दु:खद छ।झन् हिजोका क्रान्ति र आन्दोलनका सहयात्रीहरूबाटै यसको हुर्मत लिइनु विडम्वनापूर्ण छ।नभुलौं-ळोकतन्त्रको हुर्मत लिंदा इतिहासको कठघरामा हामी सबै नांगै उभिनेछौं!
— Baburam Bhattarai (@brb1954) September 23, 2021