काठमाडौं, ७ असोज । मदन पुरस्कार भगिराज इङ्नामद्वारा लिखित लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गर्ने घोषणा भएको छ । आज मदन पुरस्कार गुठीले विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।
पुस्तकले इतिहासको सामाग्रीहरु संकलन गरेको उल्लेख छ । भगिराज इङ्नाम पूर्व प्रमुख जिल्ला अधिकारी हुन् ।
यस वर्षको जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारहरुको राशी ४ लाख रुपैयाँ रहेको छ ।
२०७७ सालभित्र मदन पुरस्कार गुठीमा २२२ पुस्तक संकलन भएका थिए । त्यसमध्ये ९ वटा मदन पुरस्कारको श्रेष्ठ सूचीमा थिए ।