Logo

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ



काठमाडौं, असोज ८ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएपछि उनले रुलिङ गरेका हुन् ।

एमालेले संसद्को अधिवेशन प्रारम्भ भएदेखि नै प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि अवरोध गर्दै आएको छ । एमालेले प्रतिनिधिसभाका सभामुखको भेदभावका कारण आफ्नो दल विभाजन भएको र एकीकृत समाजवादीका सांसद राष्ट्रिय सभामा उपस्थित भएकाले बैठक अघि बढ्न नसक्ने तर्क गर्दै आएको छ । एमालेको अवरोधबीच राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बजेट अघि बढाएका थिए । राष्ट्रिय सभाले बिहीबार नै बजेट पारित गरेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot