Logo

राष्ट्र बैंकको प्रतिवेदनः बाह्य क्षेत्र दबाबमा



काठमाडौं, असोज ८ । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा समग्र अर्थतन्त्रको विभिन्न सूचकमा नकारात्मक संकेत देखिनुका साथै बाह्य क्षेत्र दबाबमा परेको देखिएको छ । साउन महीनामा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, मूल्य वृद्धि तथा विप्रेषण आप्रवाहलगायत सूचकमा नकारात्मक संकेत देखिएको हो ।

साउन महीनामा शोधनान्तर स्थिति पुनः घाटामा गएको छ । विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले निरन्तरता पाएको छ भने विप्रेषण आप्रवाह पनि दोहोरो अंकले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आवको पहिलो महीनाको समग्र आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार साउनमा आर्थिक क्षेत्रका विभिन्न सूचक नकारात्मक देखिएका छन् ।

साउनमा मुलुकबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर ९शोधनान्तर स्थिति० पुनः घाटामा आएको छ । गत जेठ मसान्तसम्म रू १५ अर्ब १५ करोडले घाटामा रहेकोमा शोधनान्तर स्थिति असार मसान्तसम्म आउँदा १ अर्ब २३ करोडले बचतमा थियो ।

तर, साउन मसान्तसम्म आउँदा पुनः घाटामा गएको छ । प्रतिवेदनअनुसार साउनमा शोधनान्तर स्थिति । ३८ अर्ब ७५ करोडले घाटामा छ । गत आवको सोही महीना (साउन) मा पनि शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा थियो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पछिल्लो समय देशको अवस्था चिन्ताजनक नै देखिएको बताए । ‘अहिले विप्रेषण अर्थतन्त्र मुख्य टेकोका रूपमा छ । तर, अहिले विप्रेषण आप्रवाह नै घटेको छ । साथै, शोधनान्तर स्थिति पनि घाटामा गएको छ भने अन्य परिसूचकको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘समग्रमा अहिले अर्थतन्त्रको अवस्था चिन्ताजनक नै छ । यो अवस्था दीर्घकालीन नहोला भन्ने आशा पनि छ ।’

विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले साउन महीनामा पनि निरन्तरता पाएको छ । गत असारको तुलनामा साउनमा विदेशी मुद्रा सञ्चिति ३ दशमलव २ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म कुल विदेशी सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको थियो । तर, साउनसम्म आउँदा त्यो घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ ।

साउनमा चालू खाता घाटा भने ह्वात्तै घटेको छ । गत असारसम्म चालू खाता  ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा थियो । तर, असारसम्म आउँदा त्यस्तो घाटा घटेर ४७ अर्ब ९० करोडमा सीमित भएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot