Logo

दुई महीनामा ३ खर्बको आयात हुँदा ४४ अर्बको निर्यात



काठमाडौं, असोज ९। चालू आर्थिक वर्षको पहिलो दुई महीनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५ दशमलव ४३ प्रतिशतले वृद्धि भएको हो ।

तथ्याङ्कअनुसार दुई महीनामा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँभन्दा बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ ।

गत आव २०७७/७८ को समीक्षा अवधिमा २० अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो भने १ खर्ब ७८ अर्ब ८४ करोड ६२ हजार रुपैयाँ बराबरको आयात भएको थियो । विभागको तथ्याङ्कअनुसार गत साउन महीनामा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको हो ।

यस्तैगरी साउन महीनामा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot