काठमाडौं, ९ असोज । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवटले पशुपतिनाथ मन्दिर परिसरको सफाई अभियानमा जुटेका कलाकार तथा अभियन्ताहरुलाई गुर्जोको चिया सेवन गराएका छन् ।
राजलवटकाअनुसार उक्त सफाई कार्यक्रममा उपस्थित् सबै कलाकार र अन्य उपस्थित्लाई पनि गुर्जोको चिया सेवन गराईएको थियो । उक्त अवसरमा चिया प्याकेट र गुर्जोको धुलो औषधीसमेत वितरण गरिएको थियो ।
गुर्जोको चिया सेवन गरेपछि कलाकाहरु हर्षित देखिएको पनि उनले सुनाए । यसरी गुर्जोको चिया सेवन गर्ने कलाकाहरुमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, चर्चित नायिका गौरी मल्ल, चर्चित नायक शिव श्रेष्ठलगायत थिए ।
त्यस्तै, बाग्मती सफाई महाअभियानअन्तर्गत तिलगंगामा उपस्थित् अभियन्ताहरु डा. माला खरेल, डा. राजु अधिकारी, किशोर शाही र अध्यक्ष उत्तम तिमिल्सिनालगायत विभिन्न संघ/संस्था तथा महानुभावहरुको बाक्लो उपस्थितिमा गुर्जो चियाको सेवन गराईएको पनि उनले जनाए ।
उक्त अवसरमा पनि चिया प्याकेट वितण गरिएको थियो । त्यस्तै, टेकुस्थित् महानगरीय प्रहरी प्रभागका सुरक्षाकर्मीहरुलाई योग गराउँदै गुर्जो चिया सेवन गराएका थिए ।