Logo

एमाले बैठकमा १० बुँदे र पदाधिकारी संख्याबारे छलफल हुने



काठमाडौं, ११ असोज । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा १० बुँदे सहमति कार्यान्वयनबारे महत्वपूर्ण छलफल हुने तय भएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले ७ प्रदेशमा ७ उपाध्यक्षको प्रस्ताव गरेकोमा त्यसबारे पनि छलफल हुने भएको छ । अहिले एमालेमा ३ उपाध्यक्ष राख्ने योजना बनाइएको थियो ।

एमालेको हिजोको बैठकमा विधान महाधिवेशनका लागि प्रस्ताव गर्न तयार भएको तीनवटा राजनीतिक प्रस्ताव सुझावसहित पारित भएको थियो । त्यसमा उपमहासचिव घनश्याम भुसालले मौखिक तीन बुँदे फरक मत राखेका थिए ।

केन्द्रीय कमिटीमा १० बुँदेबारे छलफल भएपनि एजेन्डाका रुपमा राख्न दिइएन । यसलाई स्थायी कमिटीमा छलफल गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले पन्छाइदिएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot