Logo

सनराइज बैंकले गर्यो दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ हस्तान्तरण



काठमाडौं, ११ असोज । सनराइज बैंक दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । बैंकको हेटौंडा शाखाले दुर्घटनाबाट निधन भएका कृष्णहरि कार्कीको श्रीमती कविता पौडेललाई ५ लाख रुपैयाँ दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको हो । उक्त बीमा वापतको चेक बैंकका शाखा प्रवन्धक सुदर्शन खतिवडाले पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

बैंकको बचत खातामा बीमाको सुविधा योजना अन्तरगत बचत खाता खोल्ने सेवाग्राहीको दुर्घटनाबाट मृत्यु भएको खण्डमा वा अपाङ्गता भएको अवस्थामा बढीमा ५ लाख वा दुर्घटना हुदाँका बेला बचतकर्ताको खातामा भएको रकमको चारगुणा रकम दिइने सुविधा रहेको प्रवन्धक खतिवडाले बताए ।

साथै, यस बचत खातामा दुर्घटना बीमाको अलावा स्वास्थ्य बीमाको पनि सुविधा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot