एजेन्सी, ११ असोज : भारत आज बिहान ६ बजेदेखि बन्द छ। किसानहरूले तीन नयाँ कृषि कानूनका विरुद्ध आन्दोलन शुरू गरेको एक वर्ष पुगेको अवसरमा सोमवार भारत बन्द गराएका हुन् । बिहान ६ बजे शुरू भएको बन्द अपराह्न ४ बजेसम्म रहनेछ ।
दिल्ली, पञ्जाब र हरियाणामा सडक तथा राजमार्ग आज किसानहरूले ठप्प पारेका छन् । त्यसले गर्दा सडकमा गाडीहरूको अत्यधिक जाम भएको छ । उक्त अवधिमा सबै सरकारी तथा निजी कार्यालय, शैक्षिक तथा अन्य संघ-संस्था, पसल र उद्योग लगायत बन्द रहनेछन् । अस्पताल, औषधिपसल, उद्धार तथा आकस्मिक काममा हिँडेका मानिसलाई रोकिने छैन ।-Photo: Agency