काठमाडौं, ११ असोज। मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न सोमबार बेलुका चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको जनाइएको छ । दलका नेताहरुले छिटो अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए ।
अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य पुर्याउन सक्ने व्यक्तिले दल विभाजन गर्ने सम्बन्धी व्यवस्था छ । यही व्यवस्था अनुसार माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएका छन् । पुनः दलहरु फुट्न सक्ने डर उक्त अध्यादेश खारेजगरी मात्र मन्त्रीपरिषद् विस्तार गर्ने दलहरुले अडान लिएका छन्।मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी छ ।-File Photo