Logo

बामदेव यता न उता



काठमाडौं, १२ असोज । नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएपनि बामदेव गौतम सोही दलमै रहेको देखिन्छ । उनको राजीनामा स्वीकृत भएको छैन । तर, गौतम आफू एमालेको कुनैपनि जिम्मेवारीमा नरहेको बताइरहेका छन् ।

गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा जाने चर्चा चल्दै आएको छ । तर, जनताको बहुदलीय जनवादको मुद्दाले हलो अड्किएको छ । उनी जबजबारे स्पष्टता पार्नुपर्ने, कम्तिमा मार्गदर्शक सिद्धान्त मान्नुपर्ने अडानमा छन् । नेकपा एसले कार्यनीति समाजवाद बनाउने गरी दस्तावेज तयार गरेको छ ।

नेकपा एससँग गौतमले सुरुमै वैचारिक मतेभद देखिन्छ । यसले उनी एसमा जाने सम्भावना कम हुँदै गएको छ ।

गौतम अहिले एमालेमा नरहेको बताइरहेका छन् । एसमा पनि जान रुचाइरहेका छैनन् । उनले अब आफ्नै एकता अभियानलाई पार्टीमा रुपान्तरण गर्ने सम्भावना पनि बढेको छ ।

कतिपयले गौतम सत्तामा जान खोजिरहेको र मन्त्री पाउन बार्गेनिङ गरिरहेको बताइरहेका छन् । अब उनले केही दिनमै नयाँ कदम चाल्ने सम्भावना बढेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्