काठमाडौं, १२ असोज । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से आज ७० दशमलव १ अंकले घटेर २६ सय १५ दशमलव ४० विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ४२ अंकले घटेर ४९४ दशमलव ९१ विन्दुमा थामिएको हो ।
नेप्सेको अनुसार आज २१८ कम्पनीको ७५ हजार ३ सय ७५ पटक कारोबार भएरु ५ अर्ब ४५ करोड ४८ लाख ८ हजार १७९ रुपैयाँ बराबरको १ करोड ३ लाख ३४ हजार ८ सय २८ कित्ता शेयर किनबेच भएको हो ।