Logo

नेकपा एसबाट यी नेता मन्त्री बन्दै



काठमाडौं, १३ असोज । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री बन्नेको अन्तिम सूची तयार गर्दैछ । अहिलेसम्म लगभग नामको टुंगो लागिसकेको छ । तर, एक दुईजनाको नाममा नेताहरुबीच अन्तिम टुंगो लाग्न बाँकी छ ।

एसले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी मन्त्री चयन गर्ने मापदण्ड बनाएर कतिपय नामको टुंगो लगाएको बुझिएको छ । संघीय संसदमा निर्वाचित मध्ये प्रदेश १ बाट भवानी खापुङ, प्रदेश २ बाट महिलालाई उपसभामुख, बागमती प्रदेशबाट विरोध खतिवडा, गण्डकी प्रदेशबाट किसान श्रेष्ठ, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, सुदूरपश्चिमबाट प्रेम आले मन्त्री बन्ने निश्चितप्रायः भएको छ ।

कर्णालीबाट एकजनाको नाम टुंगो लाग्न बाँकी रहेको बुझिएको छ । मन्त्री बनाउँदा ६६ महिनामा परिवर्तन गर्ने गरी टुंगो लगाइने बुझिएको छ ।

मन्त्रीका दाबेदार अरु सांसदहरुलाई संसदीय समिति, प्रमुख सचेतकमा व्यवस्थापन गर्ने तयारी समेत भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्