Logo

मुक्तिनाथ विकास बैंकले गर्यो आगन्तुक रिसोर्टसँग सम्झौता



काठमाडौं, १३ असोज । मुक्तिनाथ विकास बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता गरेको जनाएको छ ।

बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मालगायतका सेवा पनि बैंकले सञ्चालनमा ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस्