Logo

मध्यविन्दुमा जितिया पर्वको बिदा



नवलपरासी, १३ असोज । बर्दघाट–सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाले जितिया पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद पाण्डेले मङ्गलबार सूचना जारी गर्दै आज जितिया पर्वको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो ।

पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “मध्यविन्दु नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थानमा जितिया पर्वको अवसरमा आज सार्वजनिक बिदा दिने नगर कार्यपालिकाबाट निर्णय भएको हुँदा सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।” जिल्लाको मध्यविन्दु नगरपालिका थारु बाहुल्यता भएको स्थानीय तह भएकाले जितिया पर्वको अवसर पारेर आज बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

तराईको आदिवासीको रुपमा रहेको थारु समुदायले आज धुमधामसँग जितिया पर्व मनाउँदैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot