Logo

लागूऔषधसहित एक पक्राउ



काठमाडौं, १३ असोज । अवैध लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

कीर्तिपुर नगरपालिका–६ आदिनाथ मन्दिर जाने बाटोबाट करिब १ किलो अवैध लागूऔषध पोल्याण्ड सहित सोही नगरपालिका–९ बस्ने मकवानपुर थाहा नगरपालिका–११ घर भएका १७ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पोल्याण्ड सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्