Logo

मेगा बैंकले गर्यो मेगा किसान कार्ड वितरण



काठमाडौं, १३ असोज । झापाका किसानलाई मेगा बैंक नेपालले मेगा किसान कार्ड वितरण गरेको छ । बैंकले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा किसान कार्ड वितरण गरेको हो ।

सो अवसरमा कृषि क्षेत्रको प्रवद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रमममा मेगा बैंकको माइक्रो एण्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश–१ का प्रदेश प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक दमक शाखाका प्रमुख मोहनप्रसाद अर्याललगायतले कृषकलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकिङ सेवा सुविधा बचत, ऋण, रेमिट्यान्स, बचत गर्ने उपायहरु, बचत तथा ऋणको महत्वकोे बारेमा जानकरी गराएका थिए ।

नेपाल कृषिप्रधान देश भएपनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरामा जोड दिँदै उनीहरुले कृषकले उठाएका जिज्ञासा एवं सवालहरुको समाधान गरेक ाथिए ।

हिमशिखर एग्रोसँगको सम्झौतापश्चात मेगा बैंकले हिमशिखर एग्रोसँग आवद्ध ग्रामीण भेगका किसानलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।

मेगाले कृषकलाई बैंकको किसान क्रेडिट कार्ड उपलब्ध गराउँदै आएको छ । किसान कार्डमार्फत कृषकले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायत नजिकको पसलबाट खरिद गर्न सक्नेछन् । किसान क्रेडिट कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो अत्यााधुनिक सेवा हो, जसले गर्दा किसानहरुलाई बैंकिङ्ग कारोबार गर्न सहज र सरल भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot