Logo

लमजुङको राइनासमा अधिवेशन शनिबार हुने



लमजुङ, १३ असोज । राइनास नगरपालिकामा आगामी शनिबार पुनः निर्वाचन हुने भएको छ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशनका क्रममा सो नगरपालिकामा मतदान स्थगित भएको थियो ।

मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि भेटिएको थियो । कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलले नियतवश नभई छपाइमा गल्ती भएकाले अधिवेशन स्थगित हुन पुगेको बताए । चार गाउँपालिकामा सहमतिका आधारमा र तीन नगरपालिकामा निर्वाचनको माध्यमबाट कांग्रेस नेतृत्व चयन भएको छ ।



प्रतिक्रिया दिनुहोस्