काठमाडौं, १३ असोज । गरिमा विकास बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’ले छुट दिने भएको छ । बैंक र ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’ बीच बिहीबार सम्झौता भएको हो । बैंकका ग्राहकलाई रिर्सच सेन्टरले सेवा सुविधामा आर्कषक छुट दिनको लागि सम्झौता गरेको हो ।
अब बैंकका ग्राहकले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा निम्नानुसार छुट सुबिधा पाउन सक्ने छन्:
बैंकका ग्राहकरुहरुले अब हेयर ट्रान्सप्लान्टसमा २५ देखि ४०% सम्मको छुट, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०%, हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०% र ल्याब ईन्भेस्टिगेसनमा १५% छुट पाउने भएका छन् ।