Logo

बुद्ध एयरका चर्चित पाइलट शेर्पालाई विमान चलाउन रोक



काठमाडौं, १४ असोज । ७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मारेर सफल अवतरण गराएर चर्चा बटुलेका पाइलट हुन् आङ्गेलु शेर्पा । उनी यात्रुको ज्यान जोगाएको भन्दै सामाजिक सञ्जालमा भाइरल छन् । तर, उनलाई विमान चलाउन रोक लगाइएको छ ।

विमान दुर्घटनाबाट जोगिएपनि के कति कारणले पाङ्ग्रा नखुलेको हो र पाइलटको भूमिका के कस्तो छ भनी छानविन भइरहेको छ । यसकारण पनि छानविन अवधिभर उनले विमान चलाउन पाउने छैनन् ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार छानविन प्रतिवेदनपछि मात्र उनले विमान चलाउन पाउने या नपाउने टुंगो लाग्नेछ । त्यसबीच उनले विमान चलाउन पाउने छैनन् ।

११ असोजमा विराटनगरका लागि उडेको ७३ यात्रुसहितको विमान पाङ्ग्रा नखुल्दा आकाशमै होल्ड भएको थियो । तेल सकेर विमान अवतरण गर्न खोजिएकोमा अचानक पाङ्ग्रा खुलेको थियो ।

यसैगरी, नेपालको हवाई क्षेत्रमा विमान र हेलिकोप्टरमा समस्या आउन थालेपछि सरकारले छानविन बढाएको छ । यसका लागि कमिटी नै गठन गरेर काम बढाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot