Logo

एमाले अनुपस्थित सर्वदलीय बैठकमा के के भयो



काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएन । एमाले विना पनि आयोजना गरिएको बैठकमा प्रतिनिधि सभाको बैठकबारे छलफल भएको थियो ।

एमालेले बैठकमा अवरोध गर्दै आएको छ । अवरोधका कारण अध्यादेशहरुको छिनोफानो हुन सकेको छैन । बैठकमा नेताहरुले एमालेलाई संसद सुचारु गर्न आग्रह गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदलाई निर्वाध रुपमा सञ्चालनमा एमालेले सकारात्मक भूमिका खेल्नुपर्ने विषय आएको जानकारी दिए ।

बैठकमा एमालेले विगतमा पनि संसदमा अवरोध गरेको विषय उठेको थियो । आफू सत्तामा हुँदाको प्रमुख प्रतिपक्षीको भूमिका बिर्सिएर एमाले सत्ताबाट हटेपछि भिन्न तरिकाले प्रस्तुत भएको भन्दै आलोचना समेत भएको थियो ।

संसदमा अवरोधका कारण नयाँ घटना विकास हुने सम्भावना बढेर गएको छ । संसदले काम गर्न नसक्ने भन्दै एमाले ताजा जनादेशमा जोड दिइरहेको छ ।

यसैगरी, संसदबाट छिनोफानो गर्नुपर्ने कतिपय विषयहरु थाती राखिएका छन् । त्यसबारे पनि बैठकमा छलफल भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्