Logo

राजकुमार लेखी अब कता ?



काठमाडौं, १४ असोज । जनजाति आन्दोलनबाट नेता बनेका राजकुमार लेखीले धेरै पार्टी परिवर्तन गरिसकेका छन् । उनी कुनैबेला नेकपा एमालेमा थिए ।

जनजाति महासंघको अध्यक्ष समेत भए । लेखीलाई एमालेका जनजाति नेता भनिन्थ्यो । तर, उनले एमाले छाडे । आफ्नै नेतृत्वमा दल खोले ।

लेखी मधेश केन्द्रित दलमा लागे । उनको गृहजिल्ल सप्तरी भएकाले पनि त्यतैतर्फ लागेका थिए । तत्कालिन राष्ट्रिय जनता पार्टीको नेता बने । महन्थ ठाकुरसहितका नेताहरुको अध्यक्षमण्डल रहेको दलमा उनी सहमहामन्त्री बनाइए ।

राजपा र समाजवादी पार्टीबीच एकता भयो । एकतापछि बनेको जसपामा लेखी कार्यकारिणी समितिमा रहे । जसपा विभाजन भयो । लेखी महन्थ ठाकुर पक्षमा लागे । लोसपा बनेको मात्र थियो उनले पार्टी नै त्यागे । अब लेखी कुन दलमा लाग्ने हुन् ? चासो बनेको छ ।

लेखी २०७४ सालको चुनावमा एमालेका सत्यनारायण मण्डलसँग पराजित भएका थिए । प्रत्यक्ष निर्वाचित सांसद बन्ने लेखीको सपना अधुरै रह्यो । अब उनी कुनै न कुनै दलमा जाने सम्भावना रहेको छ । यसपटक उनी कुन दलमा जाने हुन् चासो बनेको छ ।

अबको चुनावलाई दृष्टिगत गरी सप्तरीबाट टिकट पक्का गर्ने गरी उनी कुनै एक दलमा जाने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्