Logo

विश्वकै नम्बर वान किलर मुटु रोगबाट कसरी बच्ने ? बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईसँग विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, १४ असोज । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले जीवनयापनको क्रममा अस्वस्थ खाना खाने, जंक फुड खाने, चिल्ला खाना खाने, अध्यधिक धुम्रपान र मद्यपान गर्नेहरुलाई मुटु रोग लाग्ने गरेको बताएका छन् ।

उनले भने,‘हाम्रो परम्परागत खानामा आमूल परिवर्तन आयो, हामी नेपाली परम्रागत खानालाई विस्थापित गरेर आयातित खानातिर गयौं, यो गलत हो । रेडीमेडी खाना खाँदा मुटुरोग लाग्ने गरेको छ । कार्डियो भास्कुलर डिजिजका कारण प्रत्येक वर्ष विश्वमा १ करोड ८० लाख मानिसको निधन हुने गरेको पनि डा. भट्टराईले तथ्यांक सुनाए । उनले कार्डियो भास्कुलर डिजिज विश्वमै नम्वर वान किलर रोग भएको पनि सुनाए । उनले भने,‘हिजो क्यान्सरलाई भनिन्थ्यो भने अहिले कार्डियो भास्कुलर डिजिज नम्वर वान किलर रोग हो ।’

विश्व मुटु दिवसको अवसरमा हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आजसम्म आफूले ७ हजार हाराहारीमा मुटुको शल्यक्रिया गरिसकेको पनि स्मरण गराए । उनले विदेशमा रहँदा मुटु प्रत्यारोपण गर्ने कार्यमा पनि भाग लिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्