Logo

काठमाडौं माथि चितवनको जित, शिर्ष स्थानमा उक्लियो चितवन



काठमाडौं, १४ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले दोस्रो जित निकालेको छ ।टियू क्रिकेट मैदानमा भएको आज (बिहीबार)को पहिलो खेलमा काठमाडौं किङ्स–११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो ।

काठमाडौंले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।चितवनको जितमा राजेश पुलामीले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । त्यस्तै कमल सिंह ऐरी २३ रनमा अविजित रहे ।

दिलिप नाथले २३ रन जोड्दा करिम जनत र मोहमद साहजदले समान २१ रन जोडे । साथै, कप्तान सोमपाल कामी सून्य रनमा आउट हुँदा भिम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन जोडे ।काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले समान २÷२ विकेट लिए । जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले समान १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ रन जोडे भने जनक प्रकाशले २६ रन जोडेका थिए । रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल सुन्य रनमा आउट भए ।



प्रतिक्रिया दिनुहोस्