Logo

जबज जनवादी कार्यक्रम भएको बादलको भनाई, भोलिबाट सुरु हुने विधान महाधिवेशनको तयारी पूरा



काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भोलिबाट सुरु हुने विधान महाधिवशेनको तयारी पूरा भएको जनाएको छ । आज (बिहीबार) विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत तयारी पूरा भएको जानकारी गराईएको हो ।

बाग्मती प्रदेशका ईन्चार्चसमेत रहेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ कार्यक्रम पनि समाजवादको आधार तयार गर्ने नीति भएको स्पष्ट पारेका छन् । उनले जनताको बहुदलीय जनवादलाई जनवादी कार्यक्रमको संज्ञा दिएका छन् । उनले जबज अझैपनि उत्तिकै सान्दर्भिक भएको प्रतिक्रिया दिए ।

अध्यक्ष ओलीले विधान महाधिवेशनको सवा १२ बजे उद्घाटन गर्ने पनि समितिले जनाएको छ । ललितपुरको सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिनेछ । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको छ ।

एमालेले महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ। सचिव र कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot