Logo

हिजो क्रान्तिमा मर्न तयार हुनेहरु पैसा पाइएन र मन्त्री पाइएन भनेर रुन थालेः प्रचण्ड



काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका बेलामा मर्न तयार भएर अग्रिम मोर्चामा जान पाइएन भनेर रुनेहरु पैसा र मन्त्री पाइएन भनेर रुन थालेको टिप्पणी गरेका छन् । उनले पार्टीभित्र क्रान्तिमा भन्दा आफ्नो स्वार्थका लागि रुने प्रवृत्ति बढेको बताए ।

‘हिजो क्रान्तिको मोर्चामा जान पाइएन, मर्न जान पाइएन भने रुनेहरु आज पैसा पाइएन भनेर रुने, मन्त्री पाइएन भनेर रुन थाले,’ अखिल क्रान्तिको २२औं राष्ट्रिय सम्मेलनमा बोल्दै प्रचण्डले पार्टीभित्रकै नेताहरुप्रति गुनासो गरे ।

प्रचण्डले आफूले मन्त्री बनाएकाहरु पतन हुँदै गएको टिप्पणी गरे । उनले भने, ‘जो जोलाई मन्त्री बनाएँ उनीहरु पतन भए । जो जति माथि आए दलालहरुसँग मिले ।’



प्रतिक्रिया दिनुहोस्