Logo

गगन थापा अवसरवादी र स्वार्थी भएको भन्दै कृष्ण सिटौला आक्रोशित, देउवासँग सहकार्य हुने



काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । आजमात्रै सिटौलाले सभापति देउवासँग महाधिवेशनमा सहकार्य गर्ने लक्ष्यसहित भेटवार्ता गरेका छन् । १४औं महाधिवेशनको संघारमा सिटौला मौन थिए ।

उनको समूहले कसलाई सहयोग गर्छ ? भन्नेबारे अन्यौल नै थियो । तर, आफ्नै समूहका प्रभावशाली नेता गगन थापाले सल्लाह नै नगरी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्री उठ्ने घोषणा गरेपछि सिटौला अहिले देउवाको कित्तामा खुलेका छन् । सिटौलाले यसपटक सभापतिमा देउवालाई नै सघाउने भएका हुन् ।

देउवासँगको भेटवार्तामा सिटौलाले अधिकांश समय गगन थापाको आलोचना गरेको स्रोतले जनाएको छ । सिटौला थापासँग रुष्ट छन् । थापाले आफूसँग सल्लाह नै नगरी पौडेल समूहमा गएको र महामन्त्रीमा उम्मेद्धवारी दिएको भन्दै उनलाई अवसरवादी र स्वार्थी नेताको संज्ञासमेत दिएका छन् ।

सिटौलाले आफूले गगन थापालाई धेरै अवसर दिएको र स्वास्थ्यमन्त्रीसमेत बनाएको तर थापाले भने धोका दिएको निश्कर्ष निकालेका छन् । देउवासँगको भेटवार्ता सकारात्मक भएको सिटौला समूहका एक नेताले जानकारी दिए । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot