Logo

आज यी कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, १५ असोज । एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको संस्थापक शेयरमा आवेदन दिन आज अन्तिम दिन हो । बैंकले असोज ६ गतेदेखि नागरिक लगानीकोष, आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयर लिलामीमा ल्याएको हो ।

नागरिक लगानीकोषको प्रतिकित्ता ११ सय ९७ रुपैयाँ निर्धारण गरेर ३ लाख ८१ हजार कित्ता, आरएमडिसीको प्रतिकित्ता ५ सय ३९ मुल्य निर्धारण गरेर ३ लाख कित्ता र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ४ सय ९७ रुपैयाँ मुल्य तोकेर ८४ हजार ८ सय कित्ता शेयर खरिद गर्न बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो ।

नागरिक लगानीकोष र मेरो माइक्रोफाइनान्सको लघुवित्तको शेयर खरिदको लागि न्युनतम १०० कित्ता र आरएमडिसीको शेयर खरिदको लागि न्युनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot