एजेन्सी, १५ असोज। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अष्ट्रेलिया सरकारले आफ्ना सबै सीमा १८ महिनादेखि बन्द राखेको थियो । अष्ट्रेलियाले आफ्नै नागरिकलाई समेत प्रेवशमा रोक लगाएको थियो। सरकारको उक्त निर्णयको समर्थनका साथै आलोचना भएको थियो।
अब भने भ्याक्सिन लगाएका मानिसलाई प्रवेश दिने गरी अष्ट्रेलियाले आफ्नो सीमा खोल्न लागेको हो। हाललाई अष्ट्रेलियन नागरिक र विदेशमा फसेकाहरुलाई मात्रै प्रवेश दिइने बताइएको छ। अष्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय सीमा नोभेम्बरबाट खोल्ने भएको छ।
यस्तै, १४ दिन क्वारेन्टाइनलाई ७ दिन क्वारेन्टाइनमा सीमित गर्ने तयारी समेत गरेको छ। कोभिड-१९ संक्रमणका कारण हाल सिड्नी, मेलबर्न र क्यानबेरा अझै लकडाउनमा छन्।-Photo: Agency