Logo

प्रभु साहले गरे एमालेबाट विद्रोहको संकेत



काठमाडौं, १५ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले पार्टीबाट विद्रोहको संकेत गरेका छन् । उनी आजबाट सुरु भएको विधान महाधिवेशनमा अनुपस्थित भएर विद्रोहको संकेत गरेका हुन् ।

प्रमु साहले ८ बुँदे माग प्रस्तुत गर्दै अडान कसेका छन् । विधान महाधिवेशनमा पनि अनुपस्थित भए ।

शुक्रबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले डाकेर छलफल भएपनि साह सहमत भएनन् । उनलाई फकाउन एमाले महासचिव ईश्वर पोखरेललगायतका नेताहरु सक्रिय भए । तर, उनी मानेनन् ।

८ बुँदे माग लिखित रुपमा सम्बोधन हुनुपर्ने साहको माग रहेको थियो । जसमा नेकपाकै निरन्तरतामा बुझेर एकताको स्पिरिटमा पार्टी सञ्चालन गर्नुपर्ने, पूर्वमाओवादी पक्षका नेता कार्यकर्ताहरुको सम्मानजनक सहभागिता, आइटी आर्मीलाई पार्टीकै जनसंगठनका रुपमा स्थापित गर्नुपर्ने रहेका छन् ।

पूर्वमन्त्री समेत रहेका साह नेकपा विभाजनपछि एमालेमा लागेका थिए । उनको सांसदबाट समेत पदमुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot