काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विधान महाधिवेशन सुरु भएको छ । यो एमालेको पहिलो विधान महाधिवेशन हो । गोदवारीस्थित सनराइज सभाहलमा सुरु भएको महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरिसकेका छन् ।
प्रथम विधान महाधिवेशनको मूल नारा भने ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं’ र जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने रहेको छ ।