Logo

एयर इन्डिया टाटाको स्वामित्वमा जाने टुंगो लाग्यो



एजेन्सी, १५ असोज । भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाको स्वामित्व टाटा ग्रुपले पाउने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको स्वामित्वका लागि भएको प्रतिष्पर्धामा टाटा ग्रुप छानिएको हो ।

टाटा ग्रुप र स्पाइस जेटका संस्थापक अजय सिंह एयर इन्डियाको स्वामित्व लिने प्रतिष्पर्धामा अगाडि थिए । बोलपत्र आव्हान गरिए अनुसार भारतकी अर्थमन्त्री निर्मला सितारामन, वाणिज्य मन्त्री पियुष गोयल र उड्डयनमन्त्री ज्योतिरादित्या सिन्धियासहित तीनजना मूल्यांकन कमिटीमा थिए ।

भारतीय सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गर्दै एयर इन्डियासँग २ खर्बको कोष सुरक्षित रहेको उल्लेख गरेका छन् ।

एयर इन्डिया विगतमा टाटा एयरलाइन्सका रुपमा सुरु भएको थियो । सन् १९३२ मा जेआरडी टाटाले यसको स्थापना गरेका थिए जो भारतको पहिलो लाइसेन्सप्राप्त पाइलट थिए ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि टाटा एयरलाइन्सलाई राष्ट्रियकरण गरी एयर इन्डिया नाम राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot