Logo

जम्मु काश्मिरमा झडप, एकको मृत्यु



एजेन्सी, १५ असोज । जम्मु काश्मिरको सोपीयन जिल्लामा प्रहरी र विद्रोही समूहबीच झडप भएको छ । उनीहरुबीच शुक्रबार झडप भएको हो ।

झडपको क्रममा विद्रोही समूहका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी त्यस क्षेत्रमा विद्रोही समूह भएको खबर पाएपछि त्यहाँ प्रहरीले अपरेशन सुचारु गरेको थियो ।

त्यस क्षेत्रमा दुवै समूहबीच द्वन्द्व चर्किएको थियो । विद्रोह समूहले गोली प्रहार गरेपछि प्रहरीले सुरक्षा गर्दै ब्याक फायर गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्