Logo

ओलीले भारतको आलोचना गर्दै भनेः हस्तक्षेपकारी व्यवहार अस्वीकार्य



काठमाडौं, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतबाट हस्तक्षेपकारी व्यवहार भएको भन्दै आलोचना गरेका छन् । उनले भारतले नेपालमा चासो राख्न सक्ने तर हस्तक्षेप स्वीकार्य नहुने बताए ।

‘नेपालमा भारतको चासो छ,’ ओलीले विधान महाधिवेशनमा सम्बोधन गर्दै भारतबारे भने, ‘छिमेकबाट हस्तक्षेप नहोस् भन्नेमा नेपालको चासो छ ।’

ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तालगायत भूभाग फिर्ता गरेर सीमाको व्यवस्थापन हुनुपर्ने बताए । उनले भारतको नेपालमा चासो रहेको तर हस्तक्षेप अस्वीकार्य हुने बताए ।
भारत र पाकिस्तानबीचको तनावबारे पनि ओलीले बोले । उनले भने, भारतसँग नेपाललगायत छिमेकी मुलुकका विवादित विषय समाधान हुन सकेको छैन ।

ओलीले अमेरिकालगायत नाटो देशहरुको समेत आलोचना गरे । उनले अफगानिस्तानबाट अमेरिकी सैनिक हटेको उल्लेख गर्दै भने, बाह्य हस्तक्षेप असफल भएको छ । कुनैपनि बहानामा बाह्य हस्तक्षेप ठिक होइन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot