काठमाडौं, १५ असोज । सर्वोच्च अदालतले आज चार पुर्व प्रधान न्यायाधिशलाई सफाइ दिएको छ । अदालतको अवहेलना मुद्दामा माग दाबी नपुगेको भन्दै चार पुर्व न्यायाधिशहरुलाई प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जबरा र न्यायाधिश सपना मल्ल प्रधानको संयुक्त इजलासले सफाइ दिएको हो ।
प्रतिनिधिसभा विघटन असवैधानिक भएको भन्दै पुर्व प्रधानन्यायाधिशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले संयुक्त वक्तव्य दिएका थिए । File photo